समाचार स्वास्थ्य

कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुग्यो

जेठ १५, बाँके । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १०४२ पुगेको छ । पछिल्लो २४ घन्टामा १५६ जना नयाँ संक्रमित थपिएका हुन् ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप १५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

नयाँ संक्रमण पुष्टि हुनेहरुमा दैलेखका आठ, कैलालीका दुई, दार्चुलाका एक, स्याङ्जाका तीन, नवलपुरका एक, धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, मकवानपुरका एक, बर्दियाका तीन, बाँकेका एक, झापाका २५, सर्लाहीका सात, सिरहाका छ, रौतहटका २०, दोलखाका दुई, सोलुखुम्बुका एक, बझाङका एक र सुर्खेतका १३ जना छन् ।

योसँगै ५१ जिल्लाका एक हजार ४२ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितमध्ये ९४० जना पुरुष र १०२ जना महिला हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *