समाचार स्वास्थ्य

प्रादेशिक अस्पतालको आइसोलेसनमा आज बिहान एक जनाको मृत्यु

१४ जेठ, नेपालगन्ज। सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा आज बिहान एक जनाको मृत्यु भएको छ।

कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मंगलबार उनी भारतको महाराष्ट्रबाट आएका थिए। मंगलबार साँझ सेती प्रादेशिक अस्पतालमा उनी भर्ना भएका थिए।भारतबाट आएको र स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालका अनुसार मृतकको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *