समाचार स्वास्थ्य

बाँकेमा थप ८ जनामा कोरोना सहित देशभरमा ९० जना संक्रमित थपिए

१३ जेष्ठ, नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभरमा ९० जना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले मंगलबार थप ९० जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको जानकारी दिनुभयो । बाँकेमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालगञ्ज उपमहाहनगरपालिका वडा नं. २ का २२ वर्षीय पुरुष, बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ मा १ जना २० वर्षीय पुरुष, वडा नं. ३ मा २१, ३४ र ४० गरी ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी राप्तीसोनारीका २ र बैजनाथ गाउँपालिकाका १ जना थप संक्रमित भेटिएका छन् । यस्तै महोत्तरीमा २, जुम्लामा २, बारामा ३, रौतहटमा २२, सिरहामा ५ र धनुषामा १ जना कोरोनाका थप विरामी भेटिएको मन्त्रालयले जनाएको छ ।

यस्तै कपिलवस्तुमा २६, अर्घाखाँचीमा २, गुल्मीमा २, रुपन्देहीमा १, कैलालीका १, अछामका १, स्याङजाका २, सुर्खेतमा १२ जना नयाँ संक्रमित भेटिएको मन्त्रलायका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

सो सहित नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ।  त्यस्तै मंगलबार ४३ जना कोरोना संक्रमित उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले बताएको छ ।

उनीहरु नारायणी अस्पतालबाट डिस्चार्ज भई घर फर्केका हुन । डिस्चार्ज हुनेमा २ महिला र ४१ पुरुष रहेका छन् । योसँगै उपचारपछि निको भएर घर फर्कनेको संख्या १५५ पुगेको छ। हालसम्म १ सय ५५ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *