समाचार स्वास्थ्य

प्रदेश २ का सिरहामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

१३ जेठ, बाँके। प्रदेश २ का सिरहामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सिरहाको प्रमुख कृष्ण देव यादवका अनुसार भगवानपुर गाउँपालिका वडा नं ४ का ४ जना ३६, २६,२९,३७ वर्षीय पुरुष र नवराजपुर गाउँपालिकाका १ जनामा गरी जम्मा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ ।

योसँगै सिरहामा कोरोना संक्रमितको संख्या ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *