समाचार स्वास्थ्य

नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीत संख्या ६०३ पुग्यो

११ जेष्ठ, खजुरा । नेपालमा थप १९  जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार थप १९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ६ सय ३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसरी थपिने संक्रमितहरुमा मोरङका १ जना पुरुष, कलैया १ जना पुरुष, सर्लाहीका १ जना पुरुष, पर्साका ३ जना पुरुष, रौतहट १ जना ,  काठमाण्डौ १ जना पुरुष, रुपन्देहीका  ६  पुरुष , कपिलबस्तुका ३ जना पुरुष, नुवाकोट १ जना पुरुष, गुल्मी १ जना पुरुष  रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *