समाचार स्वास्थ्य

नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिने

११ जेष्ठ, नेपालगन्ज । पछिल्लो समय कोरोना भाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन् । जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५ नम्बर वडाका मात्र ६२ जना संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *