समाचार

ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने

११ जेष्ठ, खजुरा । सरकारले मुस्लिम समुदायको ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने जनाएको छ।गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारका लागि दिइएको बिदा सोमबार हुने बताएको हो।

मन्त्रालयले नेपाल र दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएका कारण मुस्लिम समुदायबाट सोमबार ईद मनाउने निर्णय भएका कारण पूर्वनिर्धारित बिदा अब सोमबारका हुने आफ्नो विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *