समाचार स्वास्थ्य

बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिए

१० जेठ, नेपालगञ्ज । बाँकेको नरैनापुरमा फेरि २७ जना कोरोना संक्रमित थपिएका छन् । वडा नम्बर ४ स्थित मदरसा क्वारेन्टाइनका ६ जना, वडा नम्बर १ को नेपाल राष्ट्रिय प्रावि महतनिया क्वारेन्टाइनका ६ जना र वडा नम्बर ३ राष्ट्रिय प्रावि गेगलीका १५ जना गरी आज मात्रै २७ जनामा कोरोना देखिएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ घोराहीमा गरिएको परिक्षणमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नरैनापुरमा मात्रै संक्रमितको संख्या १ सय १४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *