समाचार स्वास्थ्य

नवलपरासी, कपिलवस्तु, सर्लाही र चितवनमा थप ३० जना नयाँ कोरोना संक्रमित

जेठ, नेपालगन्ज । नेपालमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। नवलपरासी, कपिलवस्तु, सर्लाही र चितवनमा थप ३० जना नयाँ कोरोना संक्रमित भेटिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  अनुसार राष्ट्रिय अनुसन्धान प्रयोगशाला काठमाडौ र भरतपुर चितवनमा गरिएको परीक्षण थप ३० जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म ३ जनाले ज्यान गुमाइ सकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *