समाचार

एक नर्स भएकै कारण नयाँ बिहानीसंगै आशा होइन निराशा पलाउँछ….

स्रोत साधन नदिने अनि सुइरक्षित रहनुहोस् भनेर मात्रै सुरक्षित भइन्छ र ?

खतरा दिनानुदिन बढ्दैछ स्वास्थ्यकर्मीमा
आवश्यक सुरक्षा सामग्रीको  कमिमा

एक नर्सले धेरै कुरामा धैर्यता राख्छिन्, बल्ल – बल्ल ६ महिना, १ वर्ष स्वयंसेवी भएर पाएको अस्पतालको काम पनि यो कोरोना नामक भाइरसले खाइदिन्छ जुन भाइरस पहिलो पटक २०१९ को गत डिसेम्बरमा देखिएको थियो जुन अहिले विश्वव्यापी रुपमा फैलिएको छ । यहि कोरोनाका कारण तेस्रो विश्वयुद्धमा जसरी लाखौं मानिसले ज्यान गुमाइरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीहरु दिनदिनै थपिरहेको छ । विश्वमा पहिलोपटक जनवरी २१ म स्वास्थ्यकर्मीलाई कोरोना देखियो ।

नेपालको सन्दर्भमा हेर्ने हो भने स्वास्थ्य जनशक्तिको पहिलोपटक बैशाख ३० गते कपिलवस्तु तौलिहवा अस्पतालमा कार्यरत २५ वर्षकी नर्सलाई संक्रमण देखियो । त्यसैको भोलिपल्ट फेरी अर्का एक नर्स साथी संक्रमित भइन् । एकपछि अर्काे गर्दै आज पनि एकजना नर्स लाई संक्रमण भयो । यो संगै हालसम्म संक्रमित नर्सको संख्या ६ पुगेको छ । आउदा दिनमा यो संख्या बढ्दैन भन्न सकिने अवस्था छैन । वर्तमान अवस्थामा नेपालमा स्वास्थ्यकर्मी उच्च जोखिममा छन् ।

एक ३ वर्षे नाबालकले हस्पिटलबाट आउँदा चकलेट ल्यादिनु है ममी भन्दै घरको झ्यालबाट चिच्याँउदा मन चसक्क हुन्छ अनि सम्झन्छु के थाहा फर्कदा चकलेटसंगै भाइरस पो ल्याउछु की ?

कोरोनाको कहरमा अस्पताल चलेन,बिरामी आएनन् त्यसैले बिदामा बस्नु कि त घण्टाको हिसाबमा हामी पे गर्छाै यसमा सहमत नभए काम छोड्नु भन्ने आदेश आउँछ निजी अस्पतालहरुबाट । सबैजना घर बसिरहेका छन् । लकडाउनको समयमा ड्युटी गर्न गयो व्यक्तिगत सुरक्षाको सामग्रीको आपूर्ति छैन । अस्पतालले मास्क,सेनेटाइजर,ग्लोभ्स,पीपीई एकदमै बचाएर अथवा कम चलाउनुहोस् भन्दै सुरक्षित रहनुहोस्, सुरक्षित रहनुहोस्, सुरक्षित रहनुहोस् भनिन्छ । स्रोत साधन नदिने अनि सुरक्षित रहनुहोस् भनेर मात्रै सुरक्षित भइन्छ र ?

कतिपय देशमा अस्पतलाहरुले जटिल अवस्थामा बाहेक आवश्यक पर्दैन भनी स्वास्थ्यकर्मीलाई पीपीई नदिदा उनीहरुमा संक्रमण भएका समाचार धेरै पढिसक्यौ र सुनिसक्यौ । जोखिम मोल्दै बिरामीको उपचारमा २४ सै घण्टा खटिनपर्ने अवस्थामा अझैपनि नर्सको महत्वलाई बुझ्न नसकेको भान भइरहेको छ ।

अनि त्यति बेला मात्रै बुझ्छ होला ओहो ! मेरी आमा त्यही भएर मेरो प्रवाह नगरि बिरामीको सेवाका लागि जानुभएको रहेछ

त्यसैले त होला पहिले पहिले ब्लड प्रेसर जाँच गरिदेऊ न नानी भन्दै नजिक आउने घरबेटी बाले अहिले देख्नै नपरेनी हुन्थ्यो जस्तो गरिरहेका छन् । किन यस्तो भइरहेको छ त ? कारण एउटै हो,नर्स सुरक्षित छैनन् यिनीहरुले भाइरस ल्याउछन् र हामीलाई पनि सार्छन् भन्ने भय ।

स्वास्थ्यकर्मीबाटै समुदायमा कोरोनाको संक्रमण फैलन सक्ने भएकाले विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार सुरक्षाका सामग्रीहरुको उपयोग,पीसीआर परीक्षण पश्चात मात्र स्वास्थ्य सेवा प्रवाहमा समावेश हुने र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य संस्थाको नजिकै बैकल्पिक व्यवस्थापन गरि एकान्तबासमा बस्न हुुने सुरक्षित वातावरण तयार गर्न सरकारले तुरुन्तै उचित कदम चाल्नुपर्ने देखिन्छ ।

त्यो अवोध बालकलाई के थाहा उसकी आमा एक स्वास्थ्यकर्मी हो र जोखिम के हो ?

त्यसैले अग्रपंक्तिमा रहेर सेवा दिने नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई अहिले सलाम होइन पीपीई,आवश्यक परेको खण्डमा पीसीआर र उचित क्वारेन्टाइनको व्यवस्था मिलाइनुपर्छ भनी सम्बन्धित निकायहरुलाई यो विषयलाई गम्भिरताका साथ समस्या समाधान गर्न आग्रह गर्दछु ।

भनिन्छ नयाँ बिहानीसंगै नयाँ आशा पलाँउछ तर एक नर्स भएकै कारण आज मलाई नयाँ बिहानीसंगै आशा होइन निराशा पलाउँछ । एक ३ वर्षे नाबालकले हस्पिटलबाट आउँदा चकलेट ल्यादिनु है ममी भन्दै घरको झ्यालबाट चिच्याँउदा मन चसक्क हुन्छ अनि सम्झन्छु के थाहा फर्कदा चकलेटसंगै भाइरस पो ल्याउछु की ?

त्यो अवोध बालकलाई के थाहा उसकी आमा एक स्वास्थ्यकर्मी हो र जोखिम के हो ? मेरो छोरा स्कुल गएपछि भविष्यमा उनीहरुलाई पढ्ने बेलामा भन्ने गरिन्छ कि जस्तो सुकै विषम परिस्थितमा पनि आफ्नो कर्तव्यबाट पछि हट्न हुँदैन । अनि त्यति बेला मात्रै बुझ्छ होला ओहो ! मेरी आमा त्यही भएर मेरो प्रवाह नगरि बिरामीको सेवाका लागि जानुभएको रहेछ ।

(लेखक शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत हुनुहुन्छ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *