समाचार सामाजिक

थर्ड एलायन्समा कार्यरत मानवअधिकारकर्मी आलम खानलाई पक्राउ

७ जेठ, नेपालगन्ज। बाँके प्रहरीले थर्ड एलायन्समा कार्यरत मानवअधिकारकर्मी आलम खानलाई पक्राउ गरेको छ ।

File photo

आफूलार्ई अधिकारकर्मी भन्दै हिड्ने आलमले सामाजिक सञ्जाल फेसबुकमार्फत समाजमा खलल पु¥याउँने र सद्भाव बिथोल्ने खालका गतिबिधी गरेको उजुरीका आधारमा बुधबार बिहान पक्राउ गरेको बाँके प्रहरीले बताएको छ ।

उनले यसअघि पनि पटक–पटक फेसबुकमार्फत नेपालगन्जमा कायम रहेको सामाजिक सद्भावमा खलल पु¥याउने खालका गतिबिधी र स्टाटस लेख्दै आएको प्रहरीले बताएको छ ।

नेपालगन्जबाट पक्राउ परेका उनलार्ई अनुसन्धान तथा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ । नेपाल पत्रकार महासंघ बाँकेका जिल्ला कमिटी सदस्य आलमलाई समाचार लेखेकै कारण भने प्रहरीले पक्राउ गरेको होइन ।

उनले मानवअधिकारकर्मीका नाममा सामाजिक सञ्जाल फेसबुकमा सामाजिक सद्भावमा खलल पु¥याउने खालका स्टाटस लेख्ने र यस्ता गतिबिधी गर्ने गराउँने गर्दै आएको भन्ने उजुरीका आधारमा छानबिनका लागि पक्राउ गरिएको बाँके प्रहरी बताउँछ । यो खबर सेतोखरी मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *