समाचार स्वास्थ्य

काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण

७ जेठ, नेपालगन्ज(अनलाइनखबर)। काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो ।स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो । मंगलबार बस्न दुवै प्रहरी कर्मचारी ब्यारेकमै बसेका थिए । ब्यारेकमा ९० जना बस्ने गरेका छन् । बुधबारबाट सबैको पीसीआर परिक्षण गरिने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *