समाचार

स्थानीय निकाय कोरोनामा ब्यस्त, स्थानीय तलाऊ अतिक्रमणमा

कपिलबस्तु , जेठ ५ । एकातिर स्थानीय निकाय बैश्विक महामारीको रुपमा फैलिएको कोरोना भाइरससंग लड्नमा ब्यस्त छ भने आर्कोतिर केही स्थानीय सार्वजनिक तलाऊ अतिक्रमण गर्नमा ब्यस्त देखिएका छन् ।

नेपाल सरकारले गरेको लाकडाउनको मौका छोपी यशोधरा गाउपालिका १ तितिर्खामा रहेको सार्वजनिक तलाऊ अतिक्रमण भइरहेको जानकारी गाउँपालिका अध्यक्षलाई गराँउदा स्थानीय निकाय कोरोनाको न्यूनीकरण तथा रोकथाममा ब्यस्त भएको कुरा बुझ्नमा आयो जुनकि सर्वविदितै छ । यसै ब्यस्तताको मौका छोपी एक जना स्थानीयले तलाऊ अतिक्रमण कार्य शुरु गरे जसको केही स्थानीयले बिरोध गर्न खोज्दा म आफ्नो घरको अगाडी फोहर फाली रहेको छु भनेर सो स्थानीयले जवाब दिए पछि अरु जना पनि तलाऊ अतिक्रमण कार्य शुरु गरे । सो कुराको जानकारी सम्बन्धित वडा कार्यालयमा दिए पछि वडाध्यक्षले सो तलाऊलाई लाकडाउन अवधी भरी यथावत राखी कसैले केही न फाल्ने निर्देश दिए ।
वडाध्यक्षको निर्देश पाइसकेपछि सवै स्थानीय अतिक्रमण बन्द गरे त पनि एक जना पारिवारिक सदस्य बढी भएको स्थानीयले सो ठाउँमा माटो पटान कार्य पनि शुरु गरे । जसको जानकारी प्रहरी चौकी तुल्सीपुर (गणेशपुर) लाई दिएपछि इन्चार्ज उदयभान यादवको कमाण्डमा आएको प्रहरीले माटो न हाल्ने निर्देश दिए त पनि बिजय कुमार मिश्र उर्फ चिन्कु भन्ने स्थानीय माटो हाल्ने कार्य बन्द गरेका छ्रैनन् ।
यशोधरा १ मा रहेको अन्य सार्वजनिक तलाऊ अतिक्रमणको बारेमा कुरा गर्दा वडाध्यक्षले तलाऊ अतिक्रमणको कुरा सुन्नमा आएको तर त्यसको कुनै लिखित गुनासो न भएको जानकारी दिए । पटक पटक वडा कार्यालय र प्रहरी चौकीको निर्देशन लत्याउनुका साथै नेपाल सरकार द्वारा कृषि तथा अत्यावश्यक कार्य मात्र गर्ने भनि गरिएको लाकडाउनको पनि अवहेलना यशोधरा १ मा भइरहेको छ ।
पटक पटकमा भएको सार्वजनिक तलाऊ अतिक्रमण तश्वीरमा स्पष्ट देखिइएको छ । तलाऊको चारैतिर भएका घरहरुको ढल निकास सोही तलाऊमा भएको र सिचाईमा पनि तलाऊ प्रयोगमा भएकोले बाकीका स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन् । साथै लाकडाउन भएको बेला अतिक्रमण रोक्न कसलाई गुहार्ने भनि केही स्थानीयहरु चिन्तित बनेका छन् ।
यसबारेमा प्रमुख जिल्ला अधिकारीसंग कुरा गर्दा उहाँले स्थानीय निकायको न्यायिक समितिमा निवेदन दिने कुरा भने । तर, स्थानीय ब्यक्ति गाउपालिका जादा उपाध्यक्ष कोरोना राहत कार्यमा बाहिर ब्यस्त भएको कुरा एक जना स्थानीयले भन्दै भने कि लाकडाउनमा पटक पटक गाउपालिका जानु पनि सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *