समाचार स्वास्थ्य

मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण

६ जेठ, नेपालगन्ज । मंगलबार प्रदेश-१ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन् । सुनसरीमा देखिएका दुईजनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ । झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन्। सोमबार पनि गाउँपालिकाकै एक जना पुरूषमा संक्रमण देखिएको थियो।

योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ। आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन्। उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *