समाचार स्वास्थ्य

बाँके लगायत नेपालको सिमाना क्षेत्र किन छन रेड जोनमा?

६ जेठ, बाँके । बाँके लगायत नेपालका सिमाना क्षेत्रमा दिन प्रतिदिन कोरोनाको संक्रमण बढदै छ ।हाल नेपालको कोरोना संक्रमीत संख्या ४०५ जना पुगेको छन । नेपाल र भारतको खुला सिमानाका कारण यसको दुरुपयोग बढदै छ । खुला सिमाको कारण भारत बाट लुकि छिपि नेपाल प्रवेश गर्ने परिपाटी अझ रोकिएको छैन ।

नेपालगन्ज

नेपालमा लकडाउन भएको करिब २ महिना पुग्न लागि सक्यो तर नेपालगन्जको लकडाउनमा अझ पनि सुधार आएको छैन । नेपालगन्जमा कोरोना संक्रमीत वृद्धि को दुई मात्र मुख्य कारण हुन सक्छ। पहिलो नेपालगन्ज लगायतका खुला सिमाना क्षेत्र र अर्को नेपालगन्जको फित्लो लकडाउन जुन नेपालगन्जमा असफल बनेको छ ।

नेपालगन्ज व्यपारको क्षेत्रमा अगाडी छ, सरकारले लकडाउन घोषणा गरेको छ। सरकारले अत्यावश्यक वस्तुको पसल बाहेक कुनै पनि पसल व्यवसाय नचलाउन बिज्ञपति जारी गरेको छ । तर नेपालगन्ज, खजुरा, कोहलपुर, हाइवे, नेपालगन्जका चोक लगायतका स्थान हरु भने लकडाउनको कुनै पनि पालना गरेको पाइएको छैन।यहाको व्यपारी अटेरी गरि अनवाश्यक वस्तुको समेत पसल खुलेको हुन्छन । यस क्षेत्रका स्थानिय समेत अटेरी गरि घर बाहिर आउने विभिन्न बहाना गरि बजार घुम्ने गरेका छन । यस सम्बन्धमा नेपालगन्ज लगायत राष्ट्रिय समाचार -संचारकर्मीहरुलेहरुले पनि निरन्तर कलम चलाउदै आइ रहेका छन तर बिडम्बना बाँकेको प्रशासनले यसको बारेमा कुनै पनि चासो देखाएको छैन । बाँकेमा छाणा छोडे जस्तै चोक चोकमा तरकारी मन्डिमा स्पष्ट हेर्न सकिन्छ ।

नेपालगन्जमा केहिदिन अगाडी प्रेसको जकेटको समेत दुरुपयोग भएको पनि पाइएको छ । नक्कली पत्रकार बनी चोक चोक मा गएर भिड बढाउन थाले पछी नेपाल पत्रकार महा संघ बाँकेले यश बारेमा समिती टास्कफोर्स समेत गठन गर्ने निर्णय समेत गरेको हो ।

यश बारेमा जिल्ला प्रशासन कार्यालय बाँके ले सहि कदम समयमै चाल्नु पर्छ अन्यथा भबिस्यमा नेपालगन्ज लगायत अरु स्थान समेत यसको चपेटामा आउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *