६ जेठ, बाँके । कपिलवस्तुमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।उनीहरु भारतबाट आएका हुन् ।