समाचार स्वास्थ्य

बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण

५ जेठ, बाँके । बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पतालमा आज परिक्षण गरिएका स्वाब मध्ये ४७ जनामा कोरोना पुष्टि भएको हो ।

४६ जना पुरुष र १ महिलामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा।विकास देवकोटाले आज मिडिया विफ्रिङमा थप ४७ जनामा कोरोना देखिएको बताउनुभयो । यो संगै नरैनापुरमा मात्रै ५६ जना संक्रमित भएका छन् भने बाँके जिल्लाभर संक्रमित हुनेको संख्या ८१ पुगेको छ ।
संक्रमित मध्ये हिजो मात्रै नरैनापुरको क्वारेन्टाइनमा बसेका २५ बर्षीय युवकको कोरोनाबाट मृत्यु भएको थियो । नरैनापुर क्वारेन्टाइनमा बसेका ८ जनामा पनि यसअघि कोरोना संक्रमण देखिएको थियो । उनीहरुसंगै क्वारेन्टाइनमा बसेका २ सय ६३ जनाको शनिवार स्वाब लिएर परिक्षण भइरहेको छ । २ सय ६३ मध्ये एक जनाको हिजो नै मृत्यु भएको हो ।
उनीहरुको दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *