समाचार

लकडाउनका आधारभुत मापदण्ड पालना गर्दै नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु

३ जेठ, खजुरा। लकडाउनका आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम सुरु भएको छ ।

केही दिनअघि नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरे अनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् । नेपालगञ्ज १ का अध्यक्ष प्रमोद रिजालले उपभोक्ता समितिमार्फत स्थानीय श्रमिकलाई काम दिएर वाटरपार्कभित्रको झारपात निकाल्ने काम सुरु गरिएको बताउनुभयो । सामाजिक दुरी कायम गरी काम भइरहेको वाटरपार्क सौन्र्दयकरण उपभोक्ता समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *