समाचार स्वास्थ्य

नेपालमा थप १० जनामा कोरोना पुष्टि

४ जेठ, नेपालगन्ज । नेपालमा थप १० जनामा कोरोना पुष्टि भएको छ । नेपालमा अब कुल संक्रमितको संख्या २ सय ९१ पुगेको छ । राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । थप १० जना संक्रमित सबै रौतहटका रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमारले जानकारी दिए ।

डा. अधिकारीद्वारा जारी विज्ञप्तिमा रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको हो ।

नेपालमा कोरोनाका कारण एक जना महिलाको मृत्यु भइसकेको छ । हालसम्म नेपालमा २६ हजार ७०४ जनाको पिसिआर टेस्ट भएको छ । ३६ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *