समाचार स्वास्थ्य

जमुनाहमा पुगेका नेपालीले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो

३ जेठ, बाँके । भारत सीमानाका जमुनाहमा पुगेका नेपालीले दुई दिनदेखि खाना र पानी राम्रोसँग नपाएको गुनासो गरेका छन् ।

ज्याला मजदुरीका लागि भारत गएका नेपाली लकडाउन भएपछि नेपाल फर्कने क्रममा अलपत्र परेका थिए । १५ दिनअघि सीमा पुगे पनि त्यहाँबाट भारत फकाईएको सिमकोट गाउँपालिका–२ हुम्लाका वीरेन्द्र बोहोराले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जमुनाह नाकामा ७०० नेपाली आइपुगेको बताउनुभयो । भारत उत्तरप्रदेशको बाबागञ्ज क्वारेन्टाइनमा १४ दिन बसेर फर्केकासहित विभिन्न ठाउँबाट ७०० नेपाली जमुनाहमा पुगेका उनीहरुको व्यवस्थापनमा लागिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *