४ जेष्ठ, खजुरा । बाँकेको नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको आज मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरस्थित दिपेन्द्र मावि भोजभगवानपुर क्वारेन्टिनमा राखिएका २५ बर्षिय युवकको आज विहान पौने ७ बजेतिर मृत्यु भएको हो ।

रिपोर्टपछि मात्रै मृत्युको कारण थाहा हुने स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो । उहाँका अनुसार ती युवाले राति एक्कासी उल्टी गरेका थिए । विहान एम्बुलेन्स आउँदा आउँदै उनको मृत्यु भएको शाहले जानकारी दिनुभयो ।