समाचार स्वास्थ्य

कोरोना आशंकित महिलाकोे मृत्यु भएपछि धुलिखेल अस्पताल सिल

३ जेष्ठ, काठमाडौं । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएकी सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पताल सिल गरिएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएपछि अस्पताल शनिवार (आज) सिल गरिएको हो ।

टिचिंग अस्पताल काठमाडौंमा ९ दिन अघि सुत्केरी भएकी र घर फर्केपछि ति महिलामा स्वासप्रश्वासमा समस्या देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो ।

धुलिखेल अस्पतालले मृत्युवारे स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको जनाएको छ । मृत्यु भएपछि अस्पतालले उनको स्वाब पुन परीक्षणका लागि टेकु अस्पताल पठाइएको जनाएको छ ।

काभ्रेका जनस्वास्थ्य कार्यालय प्रमुख नरेन्द्र झाले महिलाको रिपोर्ट आउन बाँकी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *