समाचार स्वास्थ्य

टाँगा स्टेशन क्षेत्रबाट संकलन गरिएका १ सय ६२ स्वाब मध्ये एक जनामा कोरोना पोजिटिभ

नेपालगञ्ज । नेपालगञ्जको टाँगा स्टेशन क्षेत्रबाट संकलन गरिएका १ सय ६२ स्वाब मध्ये एक जनामा कोरोना पोजिटिभ देखिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिवार टाँगा स्टेशन क्षेत्रबाट संकलन गरेर परिक्षणका लागि काठमाण्डौ पठाइएका १ सय ६२ स्वाब मध्ये वडा नम्बर ८ का ३६ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

बाँकि सबैको रिपोर्ट नेगेटिभ आएको छ । धुलिखेल प्रयोगशालामा आज गरिएको परिक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि वडा नम्बर ८ कै २२ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमति क्षेत्र वरपरबाट स्वाब संकलन गर्ने क्रममा शनिवार त्यस क्षेत्रबाट स्वाब लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *