समाचार

बर्दियामा पहिलो पटक सहित ३ जिल्लामा १३ लाई कोरोना पोजेटिभ

नेपालगन्ज , बैशाख २९ – बर्दियामा पहिलोपटक १ जना तथा कपिलवस्तुमा ६, रुपन्देहीमा ६ जना गरि १३ जना लाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यी १३ जना नै ५ न प्रदेशका रहेका छन ।

परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।कपिलवस्तुको यशोधरा गाउँपालिका – ८ र वुद्धभूमि नगरपालिका ७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

त्यस्तै रुपन्देहीको सम्मरीमाइ गाउँपालिका‍( ७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो ।बर्दिया राजापुर नगरपालिका( ५ कि ११ वर्षकी बालिकामा पनि कोरोना संक्रमण देखिएको छ ।सोमबार विहानमात्रै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कपिलवस्तुमा मात्र सोमबार १६ जनामा कोरोना संक्रमण देखिएको छ । रुपन्देहीमा यसअघि एक जनामा संक्रमित देखिएकामा सोमबार ६ जना थपिएको हो ।
बर्दियामा भने पहिलो पटक कोरोना संक्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *