समाचार स्वास्थ्य

नेपालगन्जको ७५ स्वाब मध्ये ६१ को रिपोर्ट नेगेटिभ

२९बैशाख, नेपालगन्ज । नेपालगन्जको एक्लैनीस्थित जामा मस्जिद वरपरबाट शनिबार संकलित ७५ स्वाब मध्ये ६१ को रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालमा परिक्षण गरिएका ६१ स्वाबको रिपोर्ट नेगेटिभ आएको हो ।

१४ स्वाब परिक्षणकै क्रममा छन् । नेपालगन्ज मेडिकल कलेजबाट लिइएका अन्य ४ स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको श्रेष्ठले जानकारी दिनुभयो । शनिबार नै टाँगा स्टेशन क्षेत्रबाट संकलन गरेर परिक्षणका लागि काठमाण्डौ पठाइएका १ सय ६२ स्वाबको रिपोर्ट आउन बाँकि नै छ ।

हिजो कोहलपुरबाट लिइएका स्वाब पनि परिक्षणका लागि भेरी अस्पताल पठाइएको छ । आज जयसपुरमा स्वाब संकलन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *