समाचार स्वास्थ्य

नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघ नेपालगञ्ज, बाँके

मिति: २०७७/ ०१/२९
कोरोना भाईरस(कोभिड–१९) विश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको छ । यो रोग नेपालमा देखिएपछि सरकारले २०७६ चैत ११ गतेदेखि देशैभर लकडाउन लागु गरेको छ ।

लकडाउनकै बीचमा नेपालगञ्जमा पनि कोरोना देखिएपछि थप सचेतता र सावधानी अपनाइएको छ । लकडाउन पालनाका लागि जिल्ला प्रशासन कार्यालय बाँकेबाट प्राप्त निर्देशनहरुको यस संघले सधै कार्यान्वयन गर्दै आईरहेको सर्वविदितै छ ।
सर्वपक्षीय बैठकको सहमति अनुसार मिति २०७७ बैशाख २५ गते जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरि किराना, खाद्यान्न लगायतका अत्यावश्यक पसल बैशाख २६ गतेदेखि विहान ११ देखि दिउसो ३ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेपछि दैनिक उपभोग्य वस्तुहरुको बिक्रि वितरण गर्ने किराना तथा खाद्यन्नका पसलहरु सञ्चालनमा आईरहेका छन् । पसल सञ्चालकले सामाजिक दुरी पालना गर्दै गराउँदै कारोबार गर्दै आईरहेका छन् ।
तर केही सुरक्षाकर्मीले माथिको आदेश भन्दै दिउसो १÷२ बजे नै अत्यावश्यक पसल बन्द गराउन दबाब दिने तथा किराना तथा खाद्यान्न सामाग्री बोकिएका सवारी साधनलाई सडकमा अवरोध पु¥याइएको प्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
आगामी दिनमा जिल्ला प्रशासनको निर्देशन अनुसार विहान ११ देखि दिउसो ३ बजेसम्म निर्वाध सञ्चालन गर्न दिन र किराना तथा खाद्य सामग्री बोकेका सवारी साधनलाई निर्वाध सञ्चालन हुने व्यवस्था मिलाईदिनुहुन स्थानीय प्रहरी प्रशाससँग जोडदार माग गर्दछौं ।

फणाधर भण्डारी (अध्यक्ष), टोपवहादुर थापा (महासचिव)

Leave a Reply

Your email address will not be published. Required fields are marked *