समाचार स्वास्थ्य

कपिलवस्तुमा थप १० जना मा कोरोना संक्रमण

२९ बैशाख, नेपालगन्ज। नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलबस्तुको यशोधरा गाउँपालिका र बुद्धभूमी नगरपालिकाका १० जनामा आज संक्रमण पुष्टि भएको हो । मन्त्रालयका सह-प्रवक्ता डा.समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परिक्षणमा १८ देखि ३४ वर्षका ९ जना पुरुष र एक जना उमेर नखुलेको पुरुषमा संक्रमण पुष्टि भएको बताउनुभयो । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *