समाचार स्वास्थ्य

बाँकेका १४ सय ८१ जनाको कोरोना परिक्षण

२८ बैशाख, बाँके । पछिल्लो समय कोरोना भाईरसको ईपि सेन्टर बनेको बाँकेबाट आईतबारसम्म १ हजार ४ सय ८१ वटा स्याम्पल संकलन गरीएको छ ।

बाँकेको नेपालगन्ज, कोहलपुर, नरैनापुर र खजुरा क्षेत्रका १ हजार ४ सय ८१ जनाको स्वाब संकलन गरीएको हो । जसमध्ये १ हजार १ सय ८६ जनाको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने २ सय ७१ जनाको रिपोर्ट आउने क्रममा छ । बाँकेमा हालसम्म संकलन गरीएका स्वाब परिक्षण गर्दा २४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा आईतबारसम्म आरडिटी बिधिबाट ६ सय ६ र पिसिआर बिधिबाट ८ सय ७५ गरि कुल १ हजार १ सय ८६ जनाको स्वाब परिक्षण गरीएको छ । जसमध्ये पिसिआर विधिबाट परिक्षण गरीएका ८७५ मध्ये २४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले काँचुली खबरलाई जानकारी दिए । आरडिटी बिधिबाट जाँच गरीएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

श्रेष्ठका अनुसार बाँकेका आठ वटै स्थानिय तहमा स्थापना गरीएका २१ वटा क्वारेन्टाईनमा हालसम्म १ हजार ८ सय २८ जनाले सेवा लिएका छन । जसमध्ये १ हजार २ सय ३९ जना घर फर्किएका छन भने ३६७ जना अहिलेपनि क्वारेन्टाईनमै बसीरहेको श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी नेपालगन्जस्थित भेरी अस्पतालबाट आईतबारसम्म ८७५ जनाको स्वाब परिक्षण गरीएकोमा ५८० जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । बाँकेमा कोरोना संक्रमण देखिएका २४ जनाको स्वाब परिक्षण भेरी अस्पतालमै गरीएको थियो । अन्य २७१ जनाको स्वाब परिक्षणकै क्रममा रहेको श्रेष्ठले काँचुलीलाई बताए । यसअघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौंमा ३१ जना, प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा ६१ जनाको कोरोना परिक्षण गरिएको थियो भने थप १६२ जनाको स्वाब परिक्षणकालागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार बाँकेमा ६ वटा आईसोलेशन अस्पतालमा कोरोना संक्रमितको उपचारकालागि भेन्टिलेटरसहितका २१, आईसियु बेड ५३ र सामान्य उपचारकालागि १२६ वटा शैया तयारी अवस्थामा राखिएको छ । बाँकेमा १८ पुरुष र १५ महिला गरी ३३ जनाको आईसोलेसनमा उपचार भइृरहेको श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *