समाचार स्वास्थ्य

छिमेकी राष्ट्रले सिमा मिचेको भन्दै कोहलपुमा बिरोध प्रदर्शन

२८ बैशाख, नेपालगन्ज । सिमा विवाद चलिरहेको बेला बाँकेको कोहलपुरका स्थानियहरुले बिरोध प्रदर्शन गरेका छन । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरेपछि शनिबार बेलुका कोहलपुरका स्थानिय युवाको नेतृत्वमा विरोधमा प्रदर्शन गरीएको हो ।

कोरोना भाईरस संक्रमणको संत्रासकै बिच स्थानिय युवाहरुले सामाजिक दुरी कायम गरेरै बिरोध जनाएका थिए । कोहलपुर नगरपालिका ११ न्यूरोडदेखी सुरु भएको र्‍यालि चौराहा पुगेर सम्पन्न भएको थियो । भारतीय पक्षले बेलाबेला नेपालतर्फको सिमा मिच्दै आएको र हालै मात्र लिपुलेकमा बाटो निर्माण गर्ने कार्य गरेकाले सरकारले तत्काल त्यसको प्रतिवाद गरी नेपाली भुमि फर्काउनुपर्नेमा र्यालीमा सहभागी युवाहरुले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *