समाचार स्वास्थ्य

नेपालगन्जमा थप एक जनामा कोरोना

२६ बैशाख, नेपालगन्ज । नेपालगन्जमा थप एक कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या २४ पुगेकोछ । आज शुक्रबार नेपालगन्जमा एकजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएकाछन् ।

१६ वर्षीय बालकमा आज कोरोना संक्रमन पुष्टि भएको हो । नेपालगन्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *