समाचार स्वास्थ्य

खजुरा बाट थप १७ जनाको स्वाब संकलन

२५ बैशाख, नेपालगन्ज । नेपालगन्जमा कोरोना संक्रमितहरुको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रम चलिरहेको छ । आज विहान खजुराको को सोनपुुुर उढरापुुुर,रनियापुर र डि गाउँ का गरि १७ जनाको स्वाब संकलन गरिएको छ ।

अहिले विपी चोक आसपासबाट स्वाब संकलन भइरहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । यसअघि पहिलो संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर ९४ जनाको स्वाब लिइएकोमा एउटै टोलका २२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको छ ।

मंगलबार संकलित सबै ५४ स्वाबको रिपोर्ट नेगेटिभ आएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *