समाचार स्वास्थ्य

भोलिदेखि ४ घण्टा अत्यावश्यक सामग्री पाइने पसल खोल्ने

२५ बैशाख, नेपालगन्ज । नेपालगन्जमा भोलिदेखि ४ घण्टा अत्यावश्यक सामग्री पाइने पसल खोल्न दिइने भएको छ । यसअघि जारी गरिएको निषेधित क्षेत्रलाई केही खुकुलो बनाउँदै भोलिदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको बैठकले खाद्यान्न, डेरी, तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो । अन्य समयमा भने हिंड्डुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै रहने प्रमुख जिल्ला अधिकारी खड्काले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास बाहेकका सवारी साधन भने सञ्चालन गर्न नपाइने खड्काले बताउनुभयो । कोरोना संक्रमित बढ्दै गएपछि नेपालगञ्जलाई बैशाख २३ गते विहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *