समाचार स्वास्थ्य

कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन सुरु

२४ बैशाख, नेपालगन्ज । नेपालगन्जमा २३ जना कोरोना संक्रमित फेला परेपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब संकलन सुरु गरिएको छ । हिजो साँझ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ स्थित भैरव टोल, रानी तलाउ तरकारी पसल, नाउ टोल, पन्डन मोहला र टांगा स्टेशनबाट स्थानीय बासिन्दाको स्वाब संकलनको काम शुरु गरिएको थियो ।

संक्रमित व्यक्तिको सम्पर्कमा आएका थप ७१ जनाको पहिचान गरी हिजो साँझ ५६ जनाको स्वाबको नमुना संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । आज पनि त्यस क्षेत्रबाट स्वाब संकलनको काम भइरहेको श्रेष्ठले बताउनुभयो । नेपालगन्ज ७ डिएसपी रोडका ६० वर्षीय पुरुषमा शुक्रबार पहिलोपटक कोरोना देखिएपछि उनको सम्पर्कमा आएका ९४ जनाको स्वाब लिएर परिक्षण गर्दा २२ जनामा संक्रमण देखिएको थियो । हिजोदेखि फेरि २२ जनाको सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरेर स्वाब संकलन थालिएको हो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *