समाचार

बाँके मा फेरि कोरोना संक्रमीत ७ जना थपिए

नेपालगन्ज , बैशाख २३ – बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या सहित नेपालगन्ज मा संक्रमित हुनेको संख्या २३ पुगेको छ ।

यससङ्गै, नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ का २२, ३०, ४० बर्षका पुरुष र ९, ३२, ३४ र ५५ बर्षका महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । हाल उनिहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।यसरी बिरामीको संख्या बढदै गएपछि बाँके प्रशासनले जनतालाइ सजग रहन आग्रह गरेको छ भने स्थानीय तहले कतिपय स्थानमा संबेदनसिल क्षेत्र भन्दै उक्त क्षेत्रमा सिल समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *