समाचार

थप ७ जनामा कोरोना पोजेटिभ

२३ बैशाख, बाँके । नेपालगन्जबाट शनिबार संकलन गरिएका विभिन्न ९४ जनाको स्वाव परिक्षण रिपोर्ट आएको छ ।

रिपोर्ट अनुसार २२ जनाको पोजेटिभ र ७२ जनाको नेगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन्जबाट शनिबार स्वाब संकलन गरीएका मध्ये पहिलो चरणमा ३० जनाको रिपोर्ट आउँदा ९ जनालाई कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको थियो । त्यसैगरी, अर्को चरणमा २५ जनाको रिपोर्ट आउँदा ६ जनाको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

बाँकी रहेका ३४ जनाको रिपोर्टमा आज ७ जनालाई कोरोना पुष्टि भए सङ्गै बाँकेमा कोरोनाबाट संक्रमितको संख्या २३ पुगेको हो ।

गत शुक्रबार नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ जोलाहनपुर्वाका ६० बर्षिय एक बृद्धमा कोरोना भाईरसको संक्रमण देखिएपछि त्यस क्षेत्रका ९४ जनाको स्वाब संकलन गरीएको थियो । गाँउका ति ब्यक्तिबाटै अन्यलाई कोरोना सरेको आशंका गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *