समाचार

हुम्ला बासी एयरपाेट मा अलपत्र

बाँके ,बैशाख २२ – नेपालगन्जवाट हुम्ला जाने यात्रुहरु अलपत्र परेका छन् । निजी वायुसेवा कम्पनीले उडान रोकेपछि हुम्ला जान जहाजको टिकट लिएका यात्रुहरु नेपालगञ्जमै अलपत्र परेका हुन् । अध्ययन, व्यापार र अन्य कामको सिलसिलमा बाहिर रहेका उनीहरु कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी भएपछि अलपत्र परेको जनाइएको छ । कोरोनाको जोखिम बढेपछि निजी वायुसेवा कम्पनीले एकाएक उडान स्थगित गरेको बताइएको छ । यसअघि पछिल्ला दुई दिनमा यहाँबाट झण्डै ३०० यात्रुलाई हवाईमार्ग हुँदै हुम्ला लगिएको थियो । नेपालगन्जमा अझै १९५ जना अलपत्र अवस्थामा छन् । ती मध्ये सोमबारका लागि टिकट लिएका ७० जनाभन्दा बढी यात्रु विमानस्थलमा अलपत्र परेका छन् । टिकट काटिसकेका उनीहरुले विमानस्थल पुग्दा उडान नहुने जानकारी पाएपछि आफूहरु घर जान पाउनुपर्ने माग गर्दै विमानस्थल अगाडिको मुख्य सडकमै धर्ना दिएका छन् । यात्रु वर्ष भण्डारीले विमानस्थलतर्फ जाँदा आजदेखि उडान नहुने जानकारी पाएपछि विमानस्थलको मुख्य प्रवेश मार्गमै धर्नामा बस्नुपरेको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *