समाचार

भोलि बिहाना बाट नेपालगन्ज मा निषेधाज्ञा क्षेत्र जारि

बाँके ,बैशाख २२- नेपालगञ्जमा कोरोना संक्रमितको संख्या लगातार बढेपछि भोलिदेखि उपमहानगरपालिका भित्र लागुहुने गरी निषेधाज्ञा जारी गरिएकोछ ।
आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले भोली मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ राति १२ वजे सम्म लागु हुने गरी नेपालगञ्ज नगरलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय वाँकेले आज एक सुचना जारी गर्दे कोहिपनि घरवाहिर निस्कन नपाउने गरि निषेधित क्षेत्र घोषणा गरिएको जनाएको हो । सो समयमा नेपालगन्जमा औषधि पसल बाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने भएकोछ । साथै जिल्ला प्रशासनले आफ्नो क्षेत्र सुरक्षित पार्ने वहानामा कुनै पनि किसिमले सडक तथा गल्ली एवं राजमार्गमा अवरोध गर्ने गरी छेकवार राख्न नपाइने प्रष्ट पारेकोछ । प्रशासनको यस किसिमको सुचनालाई उलंघन गरेको पाइएमा कानुन वमोजिक कारवाही हुने सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्धारा आज जारी सुचनामा भनिएकोछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *