समाचार

आज देखि खजुरा गाउँ पालिका पनि सिल

बाँके ,खजुरा, बैशाख -२३- बाँकेको नेपालगँज उपमहानगरपालिका भित्र २३ जनामा कोराना संक्रमित भेटिएछी नेपालगँज क्षेत्र त्रसित भएको छ । र यहाँका बिभिन्न स्थानमा सील पनि गरिएको छ । सोही क्रममा खजुरा गाउँपालिकाले खजुरा क्षेत्रमा संक्रमण फैलिन नदिन यहि बैशाख २३ गते देखि बाँकेको खजुरा गाउपालिकाको चारै तिरको नाका सील गर्ने निर्णय गरेको छ ।
खजुरा गाउपालिकाका सम्पुर्ण नाकामा आबश्यक काम बाहेक आवागमन पुर्ण रुपमा निशेध गरेकोले त्यसको पालना गरिदिनहुन आग्रह गरेको छ ।लक डाउनको पालना गरेमात्र कोरोनालाई जित्न सकिने भएकोले प्रहरी प्रसासन,स्वास्थ्यकर्मी,बाहेकलाई गाउँपालिका भित्र प्रबेश गर्न निशेध गरेको सुचना मार्फत जानकारी गरिएको छ । अत्याबश्यक कामले बाहिर जानै परे वडा गाँउपालिका वा प्रहरी प्रसाशनलाई जानकारी गराए मात्र आवागमन गर्न मिल्ने सुचना मार्फत जानकारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *