समाचार स्वास्थ्य

नेपालगन्जमा संक्रमीत संख्या बडेपछी कोहलपुरमा उच्च सर्तकता अपनाईने

२१ बैशाख, नेपालगन्ज । नेपालगन्जमा आईतबार एकै दिन ९ जना कोरोना भाईरस संक्रमित भेटिएपछि कोहलपुरमा उच्च सर्तकता अपनाईने भएको छ ।

नेपालगन्जसँग सिमा जोडिएको कोहलपुर नगरपालिकाले आफ्ना चारै क्षेत्रको नाका बन्द तयारी थालेको छ । त्यसकालागि छलफल गर्न कोहलपुर नगरपालिकामा अहिले सर्वपक्षिय बैठक बोलाईएको छ ।

नेपालगन्जदेखी १६ किलोमिटर दुरीमा रहेको कोहलपुरका कोरोना भाईरस संक्रमण फैलन नदिन विभिन्न निति अवलम्वन गर्न बैठक बोलाइएको नगरपालिका स्रोतले जनाएको छ ।

शुक्रबार नेपालगन्जका एक वृद्धमा कोरोना भाईरस संक्रमण देखिएपछि शनिबार त्यस क्षेत्रका ९० जनाको स्वाब संकलन गरीएको थियो । त्यसमध्ये ३० जनाको कोरोना परिक्षण गरीएकोमा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो । अन्य ६० जनाको स्वाब परिक्षणमै रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ जोलाहनपुर्वा गाँउका ति ब्यक्तिबाटै अन्यलाई कोरोना सरेको आशंका गरिएको छ । शुक्रबारदेखी त्यस क्षेत्रको सुरक्षा ब्यवस्था कडा पारीएको छ भने जोलाहनपुर्वा र डिएसपी रोडलाई शिल गरीएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *