समाचार स्वास्थ्य

बाँकेका सांसद बीच भिडीयो सम्बाद

२० बैशाख, बाँके । बाँकेका सांसदहरुले कोरोनाको स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामाग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

filephoto

नेपालगञ्जमा संक्रमण देखिएपछि बाँकेका जनप्रतिनीधीले तत्काल कोरोना परिक्षणको प्रक्रियालाई सहज र व्यापक बनाउनु पर्ने भन्दै आवश्यक सहजीकरणका लागि थप तत्परता देखाएका हुन् । विभिन्न राजनीतिक दलको समेत प्रतिनीधीत्व गर्ने सांसदहरुले कोरोना परिक्षणलाई प्रभावकारी बनाउन चाहिने आवश्यक स्वास्थ्य उपकरण-सामाग्रीको उपलब्धताका लागि साझा पहल कदम लिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । सम्वाद समूह बाँकेको पहलमा गरिएको संघीय एवं प्रदेश सांसदहरुसँगको भिडीयो सम्वादमा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *