समाचार

बाँकेमा पनि कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा पनि एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जका ६० बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै रुपन्देहीका एक २५ बर्षीय पुरुषमा पनि कारोना संक्रमण भएको छ ।

प्रदेश पाँचमा आज पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको हो। अहिलेसम्म कर्णाली प्रदेशमा भने कोरोनाका संक्रमित भेटिएका छैनन्। 

नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालमा गरिएको पीसीआर परीक्षणमा दुवै जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना पुष्टि भएपछि दुवै जनालाई खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा पठाइएको अस्पतालले जानकारी दिएको छ ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । १६ जना भने उपचारपछि घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *