समाचार स्वास्थ्य

बिहान १० बजेपछि सबै पसल बन्द गर्न जिल्ला प्रशासनको निर्देशन

१८ बैशाख, बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउनलाई थप कडाई गर्ने भएको छ । बेलुका ४ बजेदेखी अत्यावश्यक सेवा बाहेक सबै बन्द गराएको प्रशासनले भोली शुक्रबारदेखी लकडाउनमा थप कडाई गर्ने भएको हो ।

बाँकेको प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न आह्वान गरेको छ । जिल्लामा लकडाउन उल्घनका गतिविधिहरु बढ्न थालेको भन्दै प्रशासनले बिहान १० बजेदेखी सबै पसल ब्यवसाय बन्द गर्न सुचना जारी गरेको हो । प्रशासनले जारी गरेको सूचना तथा लकडाउन उलङ्घन गर्नेलाई कानुन बमोजिक कारवाही गरीने सुचना मार्फत जनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *