समाचार स्वास्थ्य

बाँकेमा धार्मिकस्थलबाट स्वाब संकलन थालियो, फुल्टेक्रा स्थित मदरसाबाट १० जनाको संकलन

१८ बैशाख, नेपालगन्ज । मुस्लिम आयोग अनुगमन समितिको नेतृत्वमा नेपालगन्ज फुल्टेक्रास्थित फैजाने मदिना मस्जिद मदरसा स्कुलमा लकडाउनका कारण बस्न बाध्य भएका शिक्षक, धर्मगुरू र विद्यार्थीहरूको स्वाब लिइएको छ ।

स्वाब संकलन गर्ने जनशक्ति सहित पुगेको अनुगमन टोलीले उक्त मदरसाबाट १० जनाको स्वाब लिएको अनुगमनका लागि नेपालगन्ज उपमहानगरपालिकाकाबाट सहजकर्ताको भूमिकामा रहनुभएका वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद सफिक बेहनाले जानकारी दिनुभयो ।

उक्त टोलीमा प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्का, मेयर डा. धवल शमशेर राणा, जिल्ला प्रहरी प्रमुख एसपी वीर बहादुर ओली, सशस्त्र प्रहरीका एसपी दीपक अधिकारी, प्रमुख सेनानी नकुल थापा, बागेश्वरी मन्दिरका मुलमहंत चन्द्रनाथ योगी, गुम्बाका धर्मगुरु, चर्च धर्मगुरू, अनुगमन समितिका संयोजक अब्दुल हमिद सिद्दिकी, सदस्यहरु मेराज अहमद हिमालय, आलम खान, इर्शाद राई, शहिदा शाह बानो लगायत रहेको बेहनाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा आज भएको छलफलमा बाँकेका सबै धार्मिकस्थलमा बसेका ब्यक्तिहरुको कोरोना परिक्षणका लागि स्वाब संकलन गर्ने निर्णय गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *