समाचार

थप एक जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमीत संख्या ५८ पुग्यो

१७ बैशाख, नेपालगन्ज । सरकारले परीक्षणको दायरा बढाएसँगै शङ्कास्पद थप चारजनामा कोभिड–१९ को सङ्क्रमण भेटिएको छ ।

टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका दुई पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार समुदायमा सङ्क्रमण बढेको छैन । ती चारैजना भारतबाट नेपाल आएर क्वारेन्टाइनमा रहेका व्यक्ति हुन् । सङ्क्रमितमध्ये एकजना अस्पताल र अर्का तीनजना क्वारेन्टाइनमा रहेका छन् । सङ्क्रमित पुरुष ३१, ४३, ४६ र ५० वर्षका रहेका छन् ।

बुधबार थप चारजनामा सङ्क्रमण देखिएपछि सङ्क्रमितको सङ्ख्या ५८ पुगेको छ भने पूर्णरुपमा स्वस्थ भएर १६ जना घर फकिएका छन् । अहिले ३९ जना सङ्क्रमित अस्पतालको आइसोलेशनमा छन् । सङ्क्रमित अन्यलाई अस्पताल लैजाने तयारी भइरहेको निर्देशक पाण्डेले बताए । सङ्क्रमितको नजिक रहेका कन्ट्र्याक ट्रेसिङसमेत भइरहेको जनाइएको छ । नागरिक खबरबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *