समाचार

नगरले दियो वडाध्यक्ष बेहनालाई थप जिम्मेवारी

१६ बैशाख, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेका सम्पुर्ण मस्जिद, मदरसा लगायत समुदायमा लकडाउनलाई पूर्णरूपमा लागू गराउन वडा नम्बर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनालाई चयन गरि प्रभावकारी बनाउन सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।

मेयर डा.धवल शमशेर राणाले मुस्लिम आयोगबाट गठित जिल्ला स्तरीय अनुगमन समितिलाई सहयोग एवम् सहजीकरण गर्न वडाध्यक्ष बेहनालाई जिम्मेवारी तोक्नुभएको हो । अनुगमनलाई प्रभावकारी बनाउन जिल्ला स्तरीय समितिका सदस्य आलम खानले उपमहानगरपालिकाबाट एक जना वडा अध्यक्षलाई जिम्मेवारी तोकिदिन अनुरोधसहितको पत्र पठाएपछि बेहनालाई जिम्मेवारी दिइएको मेयर राणाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *