समाचार

समाजिक दुरी कायम गर्दै विकास निर्माणका कामहरुलाई निरन्तरता दिईने

१५ बैशाख, नेपालगन्ज । कोहलपुर नगरपालिकाले समाजिक दुरी कायम गर्दै विकास निर्माणका कामहरुलाई निरन्तरता दिईने भएको छ । आर्थिक बर्षको अन्त्य हुन लागेको र बिकासका कामहरु बिचमै रोकिएकाले सामाजिक दुरी कामय गरेर निरन्तर्ता दिने तयारी भएको कोहलपुर नगरपालिका योजना शाखा प्रमुख अग्नी आचार्यले जानकारी दिए ।

आचार्यले निर्माण व्यवासायीहरुका लागी नगरपालिकाले कार्य अनुमति सहीतको पास उपलब्ध गराउने र सोही आधारमा कामलाई निरन्तरता दिने नयाँ कोर्सलाई जानकारी दिए ।
बिकासका काम सुरु भएमा रोजगारी सृजना हुने र केहि हद सम्म काम गरेर खाने मानिसहरुलाई समेत राहातको महसुस हुने भएकाले कामको प्रकृति हेरेर अनुमति दिने तयारी भई रहेको आचार्यले जानकारी दिए । कोहलपुर नगरपालिका भित्र अर्बाैका आयोजनाहरु बिचमै रोकिएको नयाँकोर्शले जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *