समाचार

विवाहको खच कटौती गरेर कोरोाना राहत कोषमा आर्थिक सहयोग

१५ बैशाख, नेपालगन्ज । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले सरकारद्वारा गठित कोरोाना राहत कोषमा आर्थिक सहयोग गरेका छन् । 

उनले सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत दुई लाख रुपैयाँ कोरोना राहत कोषमा जम्मा गरेका हुन् । काफ्लेले आफ्नो विवाहको खच कटौती गरेर उक्त रकम कोरोनाविरुद्धको लडाइँमा सघाउन सरकारलाई सहयोग गरेको बताएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *