समाचार

वीरगन्जका थप दुई ब्यक्तीमा कोरोना भाइरसको संक्रमण

१४ बैशाख, नेपालगन्ज । वीरगन्जका थप दुई ब्यक्तीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । वीरगन्ज महानगर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले दुई जनामा कोरोना भाइरस देखिएको पुष्टि गरे ।

छपकैयास्थित मस्जिदमा बस्दै आएका तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । तीन जनालाई यसअघि नै कोरोना भएको पुष्टि भईसकेको छ ।

ती मध्ये वीरगन्ज ३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ । अर्का वीरगन्ज २ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि अस्पताल ल्याइएको छ । उनलाई शंकास्पद ठानी सिदार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।

कोरोना संक्रमणपछि नारायणी अस्पतालमा उपचार गराइरहेको ३ भारतीय जमातीलाई भने केहीबेरमा डिस्चार्ज गर्ने तयारी अस्पतालले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *