समाचार स्वास्थ्य

लकडाउन भएको ३३ औं दिन हुदा पनि कोइ २-३ पटक राहत पाइसकेका छन भने कोइ खाली पेट पर्खेर बसिरहेका छन

१३ बैशाख, नेपालगन्ज। नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत रहेको वडा न. २० राझामा राहतको बिषयमा लकडाउनको उलंघन गरिएको छ ।

वडा बासीले आफूहरु राहत नपाएको गुनासो पोखेका छन । स्थानियको अनुसार वडा अध्यक्ष कृष्णा कार्कीले नेपाली र मधेसी बिच भेदभाव गरि राहत वितरण गरेको भन्दै आक्रोशित भएका छन ।
स्थानियको अनुसार वडा अध्यक्ष आफ्नो मान्छे लाई मात्र हेरि रहेको र बाकी राहत नपाएको मध्य प्रश्न खडा गर्द अध्यक्ष बेवास्ता गरि रहेको बताएका छन । स्थानीय शान्ति चमार अनुसार अध्यक्ष राती राती पनि आफ्नो मान्छे लाई राहत र पैसा दिरहेका छन ।

स्थानीय किस्मततुल बागवान अनुसार अध्यक्ष संग सो विषयमा कुरा गर्न खोज्दा कुरा न गरि आफू वास्ता न गरि गइ हाल्ने गरेका छन ।
स्थानियको अनुसार मनिकापुर भित्र अध्यक्षले गलत गरेका छन, लकडाउन भएको ३३ औं दिन हुदा पनि कोइ २-३ पटक राहत पाइसकेका छन भने कोइ खाली पेट पर्खेर बसिरहेका स्तिथी रहेको छ । उनी हरुको अनुसार जनता आज खुल्छ- भोलि खुल्छ भन्ने आशममा कोरोनाको संक्रमण पनि बढिरहेको छ । वडा अध्यक्षले बेवास्ता गरे पछी जनता कहाँ जाने र खाने के भन्ने प्रश्न उठाएका छन । स्थानिय सरकार ले यदि जनताको पिर बुझेन भने जनता हरु कोरोना संग नडराइ रोडमा पत्रचार गर्ने समेत जनाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *