१३ बैशाख, नेपालगन्ज । नेपालगन्जको राझाँ चोकमा मोटरसाइकल दुर्घटनामा एक जना प्रहरी जवानको मृत्यु भएको छ।

नेपालगन्ज रुपैईडिहा सिमाको दशगजामा रहेको क्वारेन्टाइनमा सुरक्षार्थ प्रहरी जवान सुबास सार्कीले चलाएको मोटरसाइकल राझाँ चोकमा रहेको डिभाइडरमा ठोक्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। मृतक प्रहरी जवान सार्की आफ्नो डियुटी सकेर कोहलपुर घर जाने क्रम शनिबार राती २ बजेर ५५ मिनेटमा दुर्घटनामा परेका थिए ।